झापा,चैत ३ । झापाको अर्जुनधारामा लागु औषध गाँजासहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ६ मा ४ केजी ६५० ग्राम गाँजासहित स्थानीय ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल गाउँपालिका ७ का २७ वर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्