झापा, चैत ३ । ५ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित झापा बुद्धशान्तिका दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बुद्धशान्ति ३ बस्ने २९ वर्षीय भिमबहादुर मगर र बुद्धशान्ति २ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन् । शनिवार साँझ ७ः३० बजेको समयमा मेचीनगर –१३ स्थित चारआली– ईलाम रोडमा लागूऔषधको कारोवार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी,लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबारे तर्फबाट आउँदै गरेको मे ३ प १०२४ न.को मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा मोटरसाइकल चालक बुद्धशान्ति ३ बस्ने मगरको साथबाट ५ ग्राम २० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । सोही स्थानमा उनीसंगै लागूऔषध कारोवार गर्न खोज्ने बुद्धशान्ति २ बस्ने उपरकोटीलाई पनि नियन्त्रणमा लिई लागूऔषध र मोटरसाइकलसहित ई.प्र.का.धुलाबारी ल्याई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्