दमक , चैत ४ । दमकको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

आइतवार साँझ ७ः४० बजेको समयमा दमक ७ बस्ने चपन सरकारले वडा नं ८ मा संचालन गरेको क्रिष्टल फर्निचर उद्योगमा आगलागी भएको हो । बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो, काठको बेरा भएको २ तले घर पूर्ण रुपमा जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।

उक्त आगो प्रहरी, दमक नगरपालिकाको दमकल, स्थानीयबासीको सहयोगमा राति सवा ८ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्