झापा,चैत ५ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् । सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनका लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्