मेचीनगर, चैत ५ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले प्रहरी कल्याण कोषमार्फत उपलब्ध चारचक्के स्कुटर दुईजना फरक क्षमता भएका प्रहरीलाई बितरण गरेको छ ।

विभिन्न समयमा घाइते भएका शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर साम्सोहाङ र मोरङका शिबनारायण महतोलाई भन्सार छुटमा ल्याएको स्कुटर बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रतिगोटा १ लाख ६० हजार मूल्य पर्ने चारचक्के स्कुटरको चाबी र ब्लु–बुक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मेची सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष मुक्ति पौडेल, झापाका प्रहरी उपरीक्षक मिलन केसीले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेलले गरेका थिए । कार्यक्रममा बिराटनगर महानगरका प्रहरी उपरीक्षक दिपक पोखेरेल, झापाका प्रहरी उपरीक्षक मिलन केसी, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोबिन्द घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्