झापा,चैत ६ । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका– ४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड– ५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आइरहेको १५० सिसीको कालो निलो रङ्ग भएको मे ८ प १७७० नम्बरको पल्सर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको अवस्थामा धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गर्न खोजेका थिए । धिमालले मोटरसाइकल चोर्न लाग्दा स्थानीयले देखेर तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिलाई जिम्मा लगाएका छन् ।

पक्राउ परेका धिमाललाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय अनारमनिमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्