झापा,चैत ६ । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रममा गएराति गौरादह– ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।

सो सहकारीको सेफ तोडेर करिव १२ लाख रुपैयाँ चोरी भएको संचालकहरुले बताएका छन् । कार्यालयमा रहेको सीसी क्यामेरा तोडफोड गरी चोरले चोरी गरेको जनाइएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

यसअघि गत फागुन १० गते जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको थियो। यसअघि कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोड भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्