झापा, चैत ८ । यात्रुबाहक बसको ठक्करबाट घाइते झापा कनकाई ५ चप्रामारीका ६५ वर्षीय खड्गबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

हिजो दिउँसो ३.२५ बजे मोरङको उर्लावारी ३ नयाँ मंगलवारेस्थित पूर्व पश्चिम लोकमार्गमा काँकरभिट्टाबाट धरान जाँदै गरेको को १ ख ६२९५ नं को जनता यातायात बसले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो । टाउकोमा गंभीर चोट लागेका श्रेष्ठलाई तत्काल अरनिको अस्पताल उर्लावारी पठाई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।

उपचारका क्रममा आज दिउँसो १२.२७ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । दुर्घटनापछि ठक्कर दिने बस र बस चालक धरान १७ बस्ने ४९ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङको ग्रामथान गाउँपालिका– ५ स्थितमा पिकअप गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

आज बिहान साढे को २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार ग्रामथान गाउँपालिका ३ का ५६ बर्षीय हुवालाल माझी घाईते भएका थिए । घाईते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लगिएकोमा उनको अस्पताल पु¥याउनसाथ मृत्यु भएको थियो ।

घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक बिराटनगर महानगरपालिका १ का ३९ बर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्