झापा,चैत ९ । सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा तथा प्रहरी चौकी चन्दनपुरबाट खटिएको प्रहरी टोलीद्वारा बिहीबार खाँदवारि नगरपालिका–१० चन्दनपुर बस्ने २३ वर्षीय प्रज्वल दीप धौलाकोटीलाई पक्राउ गरेको हो ।

धौलाकोटीले संखुवासभाका एक जनालाई फेसबुकमा हैरानी गर्ने, अश्लील शब्दहरूको प्रयोग गरी गालीगलौज गरेको अभियोगमा पक्राउ गरिएको हो । धौलाकोटी उपर विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम आवश्यक अनुसन्धान भई रहेको प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्