बिर्तामोड, चैत ९ । बिर्तामोड १० का ८ जना अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण गरिएको छ ।

बिर्तामोड नगरपालिका १० नं वडा कार्यालयसंगको साझेदारीमा बिर्तामोड अपांगता स्वाबलम्बन संस्थाले बाख्रा वितरण गरेको हो । आयआर्जनमा सहयोग पुर्याउने उद्धेश्यले उन्नत जातका बाख्रा वितरण गरिएको बिर्तामोड अपांगता स्वाबलम्बन संस्थाका अध्यक्ष दीपक थापाले बताए । कार्यक्रमका लागि बिर्तामोड १० नं वडा कार्यालयले ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

संस्थाका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष दुर्योधन गुरुङ, वडा सदस्यहरु दिपिका सिवा , धनकुमारी श्रेष्ठ , समाजसेवीहरु मनु मुखिया, धनपति बराल , प्रेम पौडेललगायतले बाख्रा वितरण गरेका थिए । संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव हरिप्रसाद अधिकारीले गरेका थिए । बाख्रा पाएपछि अपांगता भएका व्यक्तिहरु खुशी भएका थिए । गत वर्ष पनि संस्थाले वडा कार्यालयको सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरेको थियो । ती बाख्राहरुले बच्चा दिन लागेको सचिव अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्