झापा, चैत १० । साहित्यकार तथा पत्रकार केशव आचार्यलाई यस वर्षको गोमेन्द्र सम्मान प्रदान गरिएको छ ।

बिर्तामोड ४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयको २८ औं वार्षिकोत्सवका अवसरमा नगद २१ हजार १२१ रुपैयाँसहित आचार्यलाई सो सम्मान प्रदान गरिएको हो । गोमेन्द्र बहुमुखी महाविद्यालयले २०७२ सालदेखि सो सम्मान दिँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेल , कार्यक्रमका अध्यक्ष गोमेन्द्र बहुमुखी महाविद्यालय संस्थापक अध्यक्ष गणेशप्रसाद खनाल , क्याम्पसका प्राचार्य डा.रुपक खनाल, सहप्राचार्य सरु भुर्तेल खनाललगायतले नगद , दोसल्ला , सम्मानपत्रसहित सो सम्मान प्रदान गरेका थिए ।

साहित्यकार आचार्य विभिन्न ४० वटा पुरस्कार , सम्मान र प्रशंसाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्