झापा, चैत १२ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।प्रसाईंले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले ’रिट जारी’को फैसला गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्