झापा,चैत १३ । झापा घर भएका तीनसहित नेपाल प्रहरीका २३ जना विभिन्न पदका प्रहरी फरार रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्