झापा, चैत १५ । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका तीन कैदीवन्दी पनि सहभागी हुने भएका छन् ।

झापा कारागारमा कैद सजाय भोगिरहेका दुई कैदी र पक्राउ परी इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएका एकजना थुनुवाले एसईई परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । त्यस्तै एकजना दृष्टिबिहीन विद्यार्थी पनि एसईई परीक्षामा सहभागी हुँदैछन् ।

झापामा यसवर्ष १५ हजार ८२२ जना विद्यार्थी परीक्षामा सामेल हुँदैछन् । नियमिततर्फ साधारणमा १४ हजार ९५७ र प्राविधिक धारमा ५५० जना र ग्रेडबृद्धितर्फ ३१५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । झापामा छात्रभन्दा छात्राको संख्या बढी रहेको छ ।८ हजार १४५ जना छात्रा र ७ हजार ६७७ जना छात्र रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार विकले बताए । झापामा ५७ वटा परीक्षा केन्द्र रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्