शिवसताक्षी, चैत १५ । झापाको शिवसताक्षीमा आजबाट सुरु कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक (रातो) झिलझिले भेट्रान क्लब विजयी भएको छ ।

आयोजक रामध्वनी भेट्रान क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै आयोजक विजयी भएको हो ।
खेलको दोस्रो हाफको १० औं मिनेटमा आयोजकले पाएको पेनाल्टी सुटलाई आयोजकका मित्रबहादुर बस्नेतको गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ दी म्याच आयोजकका जर्सी नं. ७ का अंकुरकुमार खत्री घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोलि शुक्रबार हाम्रो भेट्रान क्लब धरान र दमक लखनपुर भेट्रान क्लब दमकबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्