शिवसताक्षी, चैत १६ । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा दमक लखनपुर भेट्रान क्लब विजयी भएको छ ।

हाम्रो भेट्रान क्लब धरानलाई १–० गोल अन्तरले हराउँदै दमक लखनपुर भेट्रान क्लब विजयी भएको हो ।

खेलको पहिलो हाफको १४ औं मिनेटमा दमकका तर्फबाट जर्सी नं. १० का सुबास आङ्थापोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । निर्धारित समयमा हाम्रो भेट्रान क्लब धरानले कुनै गोल गर्न नसकेपछि आङ्थापोले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच दमकका गोलकिप्पर शिवजी बस्नेत घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।भोलि शनिबार दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल मध्यान्ह १२ बजेबाट बिर्तामोड भेट्रान क्लब र सी.वि.सी भेट्रान क्लब चन्द्रगढीबीच हुनेछ भने दोस्रो खेल दिउँसो २ बजेबाट आयोजक निलो र पूर्वेली भेट्रान क्लब बिर्तामोडबीच हुने छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्