बिर्तामोड , चैत १६ । तमू ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर कार्यसमिति गठन भएको छ ।


शुक्रबार बिर्तामोड वडा नं – ३ मा रहेको बुद्धनगर टोलस्थित नवनिर्माणाधीन तमू संग्रहालय परिसरमा आयोजित तेस्रो नगर अधिवेशनले कुमार गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा लछिमान गुरुङ, शेरबहादुर गुरुङ, महिला उपाध्यक्षमा हर्कमाया गुरुङ, सचिवमा लिला गुरुङ, सहसचिवमा ममता गुरुङ, कोषाध्यक्षमा नरजंग घले र सहकोषाध्यक्षमा सरस्वती गुरुङ निवार्चित भएका छन् ।
त्यस्तै सदस्यहरुमा तारा गुरुङ, चन्द्रबहादुर गुरुङ, यामबहादुर गुरुङ, डिल्ली गुरुङ, चन्द्रकला गुरुङ, यशोदा गुरुङ, लक्ष्मी गुरुङ, शंकर गुरुङ, डेलबहादुर गुरुङ र दुधबहादुर गुरुङ चयन भएका छन् ।

नगरका अध्यक्ष सलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङ, पूर्व केन्द्रीय सदस्य दिलिप गुरुङ,तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला अध्यक्ष टिकाराम गुरुङ, बौध चक्र गुम्बा समिति सैनिकका अध्यक्ष रत्नबहादुर गुरुङ, किरात याक्थुम चुम्लुङ नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, नेवा पासा मुन पूचः नगरका अध्यक्ष दिनेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा तमुस्यो ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय गौरीमाया गुरुङ, तमुस्यो झापा जिल्ला अध्यक्ष अमृता गुरुङ, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय समिति अनुगमन निरीक्षक दिलिप गुरुङ, नगर समितिका प्रतिनिधिलगायत बिर्तामोड नगरभित्र रहेका तमू समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष एवम् तमू संग्रहालय निर्माण समितिका संस्थापक धनबहादुर गुरुङलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो भने एसईईमा उत्कृष्ट अंक ल्याउने छात्र विप्पल गुरुङलाई सम्मान गरिएको थियो ।कार्यक्रममा

संग्रहालय निर्माणमा सहयोग पुर्याउने जग्गादाताहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
नगरका उपाध्यक्ष निर्मला गुरुङले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष लेखनाथ गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लिला गुरुङले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्