झापा,चैत १७ । इलामको रोङ गाउँपालिका ३ कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति मेची राजमार्गबाट मार्से जाने सडकबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का गणेश लिम्बूका छोरा १७ वर्षीय रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ ।
त्यही ट्यांकरमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए ।

ट्यांकर चालक ३६ बर्षीय मनोज राई घाइते भएका छन् । उनलाई उपचारका लागि झापातर्फ ल्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्