झापा, चैत १७ । नेकपा एमाले झापाको ११ औं अधिवेशनबाट प्रेमबहादुर गिरी अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

अध्यक्ष गिरीसंगै उपाध्यक्षमा शिव ढुंगेल पनि निर्विरोध चयन भएका छन् । आज बिहान १०.३० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र अध्यक्ष र उपाध्यक्षमा एक–एक जनाको मात्र उम्मेदवारी दर्ता भएको हो । सचिव र उपसचिवमा भने एकभन्दा बढीको उम्मेदवारी परेको छ ।सचिवमा तुलसी कार्की र बोधराज घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने उपसचिवमा असारु राजवंशी ,अनिता कन्दङ्वा , टीका मग्रान्ती र चन्द्र सुब्बाले उम्मेदवारी दिएका छन् ।

यसअघि अध्यक्ष पदका लागि आकांक्षा राखेका ढुंगेल उपाध्यक्षमा सर्वसम्मत भएका हुन् । उनलाई प्रदेश कमिटीमा लैजाने चर्चा पनि रहेको थियो । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि बिहीवार साँझबाट निर्वाचन कार्यक्रम संचालन गरिएको छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने भएको छ । त्यसका लागि करिव ३५० जनाले उम्मेदवारी दिएको जनाइएको छ ।(यसअघि एमाले स्रोतले दिएको जानकारी अनुसार सचिव पदमा पनि निर्विरोध भएको समाचार प्रकाशित गरिएकाले त्यसलाई सच्याइएको छ ।)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्