शिवसताक्षी, चैत १७ । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा आज दुई खेल भएका छन् ।

पहिलो खेलमा बिर्तामोड भेट्रान क्लबलाई टाइब्रेकरमा हराउँदै र सी.वी.सी. भेट्रान क्लब चन्द्रगढी विजयी भएको छ । बिर्तामोडलाई ४–१ गोल अन्तरले हराउँदै सी.वि.सी. भेट्रान क्लब चन्द्रगढी विजयी भएको आयोजकले जनाएको छ। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक (निलो)लाई फराकिलो गोल अन्तरले हराउँदै पूर्वेली भेट्रान क्लब बिर्तामोड विजयी भएको छ । आयोजकलाई ५–० गोल अन्तरले हराउँदै पूर्वेली विजयी भएको हो । खेलको २० औं र २४ औं मिनेटमा पूर्वेलीका जर्सी नंं ८ का खेलाडी विकर्ण श्रेष्ठले गोल गर्न सफल भए । त्यस्तै जर्सी नं. ९ का विशाल राईले खेलको २४ आंै र ३५ औं मिनेटमा दुई गोल गरे । त्यसैगरी इन्जुरी समयमा जर्सी नं. ७ का सन्तोष राईले थप एक गोल गर्दै ५ गोलको फराकिलो गोल अन्तर जीत दिलाए ।

पहिलो खेलको म्यान अफ दी म्याच सी.वी.सी. भेट्रान क्लबका गोलकिप्पर र दोस्रो खेलको म्यान अफ दी म्याच पूर्वेलीका जर्सी नं. ८ का विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले जनही २ हजार नगद प्राप्त गरे ।
प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोलि आइतबार सी.वी.सी. भेट्रान क्लब चन्द्रगढी र धुलाबारी भेट्रान क्लबबीच प्रतिष्पर्धा हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्