भद्रपुर,चैत १७ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २५ औं वर्ष प्रवेशको अवसर पारेर विविध कार्यक्रम सम्पन्न भएको छ ।


सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा जेष्ठ तथा उत्कृष्ट सदस्य सम्मान एवम् सहकारीको वर्तमान अवस्था र चुनौती विषयमा अन्तरक्रिया सम्पन्न गरिएको हो ।
कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट केशव लम्साल र कुशुम लामा, उत्कृष्ट सदस्य सम्मानबाट हरिप्रसाद अधिकारी, डोरप्रसाद दुलाल, मदन चौधरी, देविका पोखरेल र विष्णु पोखरेललाई सम्मान गरिएको हो ।

उपाध्यक्ष डिल्ली ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहकारीकर्मी जीवन काफ्ले र खेम बगालेले कार्यपत्र प्रस्तुत गर्दै सहकारीको विगत र वर्तमानका चुनौती एवम् अवसरवारे प्रष्ट पारेका थिए । ८०८ जना शेयरधनी रहेको सहकारी पेशाकर्मीको सहकारी हो ।

सचिव नवराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, सपनादेवी सहकारीका अध्यक्ष माधवप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य राख्दै केही विकृत सहकारीका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सवै शेयरधनी सचेत हुन आश्यक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्