झापा, चैत १८ । भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटीएफसी)लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा गएराति भएको पहिलो क्वार्टरफाइनल खेलमा आरटीएफसीलाई ३–२ ले हराउँदै सांग्रिला अन्तिम चारमा प्रवेश गरेको हो । सांग्रिलाको जितमा आशिष चापागाईं, सुशील राई र विदेशी खेलाडी स्याङले गोल गरे । आरटीएफसीका तर्फबाट सोरब दोर्जेले दुई गोल फर्काएपनि त्यो पर्याप्त भएन ।

खेलको ‘प्लेयर अफ दी म्याच’ सांग्रिलाका महेन्द्र कार्की घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । सांग्रिलाले अब सोमबार हुने सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेलको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत आज न्युरोड टिम (एनआरटी) र सिक्किम ड्रेगानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्