बिर्तामोड, चैत १८ । चारजना सवार मोटरसाइकल झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो ४ः४५ बजे लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश–१–०१–०१२ प ५७७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक झापा मेचीनगर–९ का ३८ वर्षीय गोपाल महत, मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका–३ की २७ वर्षीया पूर्णिमा भण्डारी, उनका छोराहरु ८ वर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका ८ वर्षीय प्रशान्त भण्डारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा साँझ ५.४० बजे मृत्यु भएको हो । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्