झापा, चैत १९ । लागूऔषध गाँजा मुद्दामा फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका वडा नं ६ बस्ने ३८ वर्षीया लजमुना खातुन पक्राउ परेकी छन् ।

लुकिछिपी बसेको अवस्थामा उनलाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । लागूऔषध गाँजा मुद्दामा उनलाई १ बर्ष ४ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्