इलाम,चैत १९ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको इलाम जिल्ला कमिटीले इलाम क्षेत्र २ को उपनिर्वाचनमा धिरेन शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

चैत १३ गते चार जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटीले यस पटक केन्द्रीय सदस्य शर्माको मात्रै नाम प्रदेशमा पठाएको हो । केन्द्रीय सदस्य शर्माले जिल्लाले आफ्नो एकल नाम प्रदेशमा पठाएको र प्रदेशबाट आज नै केन्द्रमा सिफारिस हुने जानकारी दिए । शर्माका अनुसार केन्द्रीय कमिटीले सत्तारुढ दलसँग पनि छलफल गरी बझाङमा हुन लागेको प्रदेशसभा निर्वाचनको उम्मेदवारसमेत सहमतिका आधारमा टुंग्याउने सम्भावना रहेको बताए ।

माओवादीले गत चैत १३ गते केन्द्रीय सदस्य शर्मा तथा प्रदेश कमिटी सदस्यहरु उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो । इलाम २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्