झापा, चैत १९ । चैत १५ गतेबाट सुरू भएको एसइई परीक्षामा मोरङमा खटिएका परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारवाहीमा परेका छन् । मोरङको विभिन्न तीन वटा परीक्षा केन्द्रमा खटिएका उनीहरुमाथि कारवाही भएको हो ।अनुगमनका क्रममा मर्यादाविपरीत परीक्षा सञ्चालन गरेको पाइएपछि विराटनगर ६ मा रहेको शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियार कारवाहीमा परेका छन् । रौनियारलाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाएर गोग्राहा स्कुलका बेदु खतिवडालाई केन्द्राध्यक्षको जिम्मेवारीमा ल्याइएको छ ।

कारवाहीमा अन्य पाँच जना निरीक्षकहरु पनि परेको शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले जानकारी दिए । यसैगरी विराटनगर–११ जनपथ माध्यमिक विद्यालयमा खटिएका दुई जना निरीक्षकलाई कारवाही गरिएको उनले बताए । जनपथका विजय महतो र योगेन्द्र यादव कारवाहीमा परेका हुन् । उनीहरुको ठाउँमा ज्ञान निकुन्ज स्कुलका राजु चौधरी र जनचेतना आधारभूत विद्यालयका विनारानी दाहाललाई निरीक्षक राखिएको छ ।

तोकिएको मापदण्ड पालना गरेको नपाइएपछि केन्द्राध्यक्ष र निरीक्षकहरुमाथि कारवाही गरिएको उनले बताए । एसइई परीक्षा सञ्चालन हुने सामुदायिक विद्यालय भएको खण्डमा सोही विद्यालयमा अध्यापनरत आधारभूत तहका शिक्षकलाई निरीक्षक राख्नु पर्ने व्यवस्था छ । तर जनपथ स्कुलमा जारी परीक्षामा निजी विद्यालयमा अध्यापन गराउने दुई जना निरीक्षक फेला परेका थिए । उनीहरु दुवैजना माध्यमिक तहमा अध्यापन गराउने शिक्षक भएको पाइएपछि कारवाही गरिएको हो ।

जनपथ स्कुलको परीक्षा केन्द्रमा चार वटा विद्यालयका ३६६ जनाले परीक्षा दिँदैछन् । उक्त केन्द्रमा बाल कल्याण विद्या मन्दिर(बिकेभिएम), जेसी बाल सदन, शिक्षा सदन र लक्ष्मीनारयण वेद विद्या आश्रमका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।

सबैभन्दा बढी बिकेभिएमका २६२ जना विद्यार्थी छन् । लक्ष्मीनारायणका २६, शिक्षा सदनका २२, जेसी बाल सदनका ५० जना विद्यार्थी परीक्षामा भाग लिइरहेका छन् ।

ग्रेड वृद्धिमा ६ जनाले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रमा दुई जना सहायक परीक्षा केन्द्राध्यक्ष र १४ जना निरीक्षक रहेका छन् । २५ जना विद्यार्थी बराबर

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्