मेचीनगर,चैत २० । झापाको मेचीनगर–७ सतिघट्टामा ९ फिट लामो अजिंगर फेला परेको छ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा अजिंगरको उद्धार गरी बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनमा लगेर छाडिएको छ ।

उक्त वयस्क अजिंगर लगभग १० केजी तौलको रहेको छ । चियाबगानमा अजिंगर फेला परेपछि सतिघट्टाका स्थानीय सोम लुइँटेलले खवर गरेको समाजका अध्यक्ष खरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्