शिवसताक्षी , चैत २० । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा आयोजक झिलझिले भेट्रान क्लब (रातो) फाइनलमा प्रवेश गरेको छ ।

सीबीसी भेट्रान क्लब चन्द्रगढीलाई ३– १ गोल अन्तरले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको २१ औं मिनेटमा आयोजकका तर्फबाट जर्सी नं. १५ भिष्म खरेल (विनोद)ले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको एक मिनेट नबित्दै सीवीसीका जर्सी नंं १३ का खेलाडी कर्ण लिम्बूले एक गोल फर्काउन सफल भए ।

दोस्रो हाफको तेस्रो मिनेटमा आयोजकका जर्सी नं. ८ सन्तोष थोप्रा र त्यसपछि जर्सी नं. ३ का खेलाडी सन्तोष नेम्वाङले एक–एक गोल थपेपछि ३ – १ को अन्तरले आयोजक विजयी भएको हो । आजको खेलको म्यान अफ दी म्याच आयोजकका अंकुर खड्गी घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ ।प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । बुधबारको दोस्रो सेमिफाइनल खेल दमक लखनपुर र पूर्वेली भेट्रान क्लब बिर्तामोडबीच हुने आयोजक झिलझिले भेट्रान क्लबले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्