बिर्तामोड, चैत २० । झापाको बिर्तामोड–३ बिर्ताबजारमा आज साँझ अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ घर भई हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनामा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीया सामना लिम्बू र तामाङ घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अर्की घाइते सामना लिम्बूको गम्भीर अवस्थामा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण सो अटो सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर पल्टिएको जनाइएको छ । प्रहरीले अटो र अटो चालक बिर्तामोड ९ का ४२ वर्षीय अरुणकुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्