बिर्तामोड, चैत २० । बिर्तामोड १० स्थित महेन्द्र ज्योति माविको खेलमैदानमा जारी चौथो वडा अध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगितामा विजयी हुँदै नमूना टोल सेमिफाइनलमा प्रवेश गरेको छ ।

फाइल फोटो

आजको खेलमा प्रतिष्पर्धी मधुपोखरी + कुँवापानी +पत्थरभिट्टा +लक्ष्मीनारायण टोलको संयुक्त टीम नआएपछि वाकओभरबाट नमूना टोललाई विजेता घोषणा गरिएको आयोजक वडा खेलकुद विकास समितिका उपाध्यक्ष खड्गबहादुर गुरुङले जानकारी दिए । भोलिको दोस्रो क्वाटरफाइनल खेलमा भूतेनी +नगर गौरव टोलको संयुक्त टीमसंग तेलगानी+ हाम्रो तेलगानी +सिद्धिविनायक टोलको संयुक्त टीमले प्रतिष्पर्धा गर्ने आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले बताए ।

आजको कार्यक्रममा बिर्तामोड ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाई प्रमुख अतिथि रहेका थिए । प्रतिष्पर्धा नभएपछि मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्