झापा,चैत २२ । दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधी कम्पनीमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ विस्फोट भएको थियो । बुधबार साँझ चन्दापुर गाउँको औषधी कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा विस्फोट भई आगलागी हुँदा औषधी कम्पनीका सह–निर्देशकसहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन् ।

घटनापछि आगलागी नियन्त्रणमा लिन अग्निनियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो ।

प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर विस्फोट भई आगलागी भएको अनुमान गरिएकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्