शिवसताक्षी,चैत २३ । झापाको शिवसताक्षीमा संचालित प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले जितेको छ ।

आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै पूर्वेलीले उपाधि जितेको हो । उपाधिसँगै पूर्वेलीले नगद ७१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक झिलझिले भेट्रान क्लबले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्बो, भेट्रान कपका अध्यक्ष दिलबहादुर राईलगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

खेलको म्यान अफ दी म्याच र उत्कृष्ट फरवार्ड पूर्वेलीका खेलाडी विशाल राई घोषित भए । उनले नगद २ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकिप्पर पूर्वेलीका किरण बरुवा, उत्कृष्ट डिफेन्डर आयोजकका सन्तोष बस्नेत, उत्कृष्ट मिडफिल्डर र सर्वोकृष्ट खेलाडी आयोजकका अंकुर खड्गी, सर्वाधिक गोलकर्ता पूर्र्वेलीका विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले नगदसहित ट्रफी प्राप्त गरे ।

त्यस्तै आजै पत्रकार र शिक्षकबीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टोली विजयी भएको छ टाइबे्रकरमा शिक्षकलाई ४– ३ गोल अन्तरले हराउँदै पत्रकारको टोली विजयी भएको हो ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा चैत १५ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा कोशी प्रदेशका १० टिमले भाग लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्