झापा, चैत २४ । विराटनगरको सहिद रंगशालामा आज आठौं विराट गोल्डकप फुटबलको फाइनल खेल हुँदैछ । फाइनलमा मछिन्द्र एफसी काठमाडौं र घरेलु टिम सांग्रीला मोरङ एफए प्रतिस्पर्धा गर्दैछन् ।

आज साँझ ६ः४५ बजेदेखि सुरु हुने प्रतिस्पर्धाबाट दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । गोल्डकपमा मच्छिन्द्र पहिलो पटक र घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छन् । घरेलु टिमले २०१९ सालमा मोरङ ११ को नामबाट उपाधि हात पारेको थियो भने गत वर्ष सम्पन्न गोल्डकपको सातौं संस्करणमा विराटनगर सिटीको नाममा उपाधि जितेको थियो ।

गत चैत १५ देखि शुरु भएको प्रतियोगितामा विदेशी तीनसहित स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागी थिए । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्