झापा, चैत २४ ।४८.५५० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ पक्राउ परेको भोलिपल्ट सीमावर्ती झापा गाउँपालिकाबाट फेरि दुईजना पक्राउ परेका छन् ।

झापा ४ लसुना स्थित सीमाक्षेत्रबाट ६३.५९ ग्राम ब्राउनसुगरसहित बरामद भएको हो ।
ब्राउनसुगरसहित पक्राउ पर्नेमा झापा गाउँपालिका ७ बस्ने २५ वर्षीय सुनिराम हेमरम र सोही ठाउँ बस्ने २१ वर्षीय हिरण राजवंशी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

झापा गाउँपालिका ४ लसुना सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गौरीप्रसाद थापाको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले गएराति ८ बजेको समयमा पैदल आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा हेमरमले किराना सामान बोकेको झोलामा ६३.५९ ग्राम ब्राउनसुगर फेला परेको हो ।
सशस्त्र प्रहरी बल, नेपालले ब्राउनसुगर र पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कुमरखोद झापामा बुझाएको छ ।

यसअघि सशस्त्र प्रहरीले झापा गाउँपालिकाको सितुमारी ईलाकाबाट हिजो भारत जिल्ला किशनगञ्ज धनतोला ग्रामपञ्चायत बालुवाडी बस्ने वर्ष २३ का राहुल मण्डललाई पक्राउ गरेको थियो । उनको साथबाट ४८.५५० ग्राम ब्राउनसुगर बरामद भएको थियो ।

त्यस्तै मेचीनगर नगरपालिका–१२ का ३३ बर्षीय सुबास राई ५३ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । त्यस्तै मेचीनगर–१० का १८ बर्षीय सिहिल मगरलाई निषेधित औषधि ४१२ ट्याव्लेटसहित ईलाका प्रहरी कार्यालय धुलावारीले पक्राउ गरेको छ भने कमल गाउँपालिका–६ का २७ बर्षीय मदन तिम्सिना र ३८ बर्षीय बुद्धलाल साहुलाई निषेधित औषधि १३५ ट्याव्लेटसहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्