झापा, चैत २५ । उत्प्रेरक उद्यमी समाजको प्रारम्भिक साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको छ ।

साधारण सभाले सन्दिप गिरीको अध्यक्षतामा उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, महासचिव नविन भण्डारी र कोषाध्यक्षमा अर्जुन उप्रेती रहेको नयाँ कार्यसमिति गठन गरेको हो । त्यस्तै सदस्यहरुमा टिकाराम धमला, निशान खतिवडा, सृजन अधिकारी, प्रकाश पाण्डे, आश्विन देउजा, विशाल प्रसाई र सञ्जय अग्रवाल रहेका छन् ।

सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा शनिबार प्रारम्भिक साधारण सभा भएको थियो । साधारण सभाको अध्यक्षता समाजको अध्यक्ष सन्दिप गिरीले गरेका थिए भने सञ्चालन समाजको महासचिव नविन भण्डारीले गरेका थिए ।

कार्यक्रममा उपस्थितलाई समाजको उद्देश्य, कार्ययोजना तथा आगामी ३ वर्षको रणनीतिक योजनाका बारेमा सभाका अध्यक्ष गिरीले जानकारी गराएका थिए ।समाजले पहिलो वर्षमा सदस्यता विस्तार, व्यवसायिक योजना निर्माण तथा कम्तीमा एक योजनामा लगानी, दोस्रो वर्षमा झापा जिल्लाअन्तर्गतका पालिकाहरुमा युवा उद्यमी क्लव गठन गर्ने र उक्त क्लवमार्फत अधिकतम दुई वटा व्यवसायिक योजनामा लगानी र तेस्रो वर्षमा बाल उद्यमी क्लव गठन तथा सञ्चालन गर्ने विषयमा अध्यक्ष गिरीले प्रकाश पारेका थिए । सभामा युवा कपडा व्यवसायी विष्णु आचार्य, फोटोग्राफी व्यवसायी विपिनराज भण्डारी र कन्सलटेन्सी व्यवसायी दीपक दासले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्