बिर्तामोड , चैत २५ । लायन्स क्लब अफ बिर्तामोड लेडीले बिर्तामोडका अग्नीपीडितहरुलाई राहत वितरण गरेको छ ।

आफूहरुको संस्थाले पीडित परिवारलाई लत्ता कपडा, फलफूल, तरकारी, चामल खाद्यान्न सहयोग गरेको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओलीले बताइन् । उनले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्दै केही सहयोग गरौ भन्ने उद्देश्यले ती समान प्रदान गरिएको जानकारी दिइन् ।

दुई दिनअघि भएको आगलागीबाट बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित सुकुम्बासी टोलका बद्रीकुमार दर्जी र जैगुन खातुनको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्