झापा , चैत २६ । खोटाङमा डढेलोबाट सल्किएको आगोले दुई घर जलेर नष्ट भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको अररे सामुदायिक वनबाट सल्किएको आगोले आइतबार साँझ मैतुङको नाम्नाखुका डम्बरबहादुर अधिकारी र खर्कटारका अम्बरबहादुर अधिकारीको घर जलेर नष्ट भएको हो ।

अररे सामुदायिक वनबाट मंगलबार सुरु भएको डढेलो पिप्लेपुछार, गुनारा पाखा, नाम्नाखु पाखा हुँदै मर्पु क्षेत्रमा समेत डढेलो फैलिएको छ । त्यसक्षेत्रका सामुदायिक वनहरू सखाप भइरहेको र आगो नियन्त्रण बाहिर गएको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् ।

स्थानीय, प्रहरीलगायतको टोली खटिएपनि नियन्त्रण गर्न नसकिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्