झापा,चैत २८ । नेकपा एमालेकी सांसद बिमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । बहुमत सदस्यहरुले घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गर्न समर्थन जनाएपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको उपाध्यक्षमा एमाले सांसद घिमिरे निर्वाचित भएको घोषणा गरे ।

घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी थिइन् । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायत दलहरु सम्मिलित सत्ता गठबन्धन दलहरुको समर्थन रहेको थियो ।

सभामा उपस्थित ५५ मतमध्ये घिमिरेका पक्षमा ३९ मत परेको छ । अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना समेत गरे।

गत चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएभएपछि सो पद रिक्त भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्