झापा, चैत २९ । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसर पारेर बिर्तामोड ३ स्थित बिर्ताबजारमा रहेको मदरसा तालिमुल कुरानले दुई हजार पाँचसय जनालाई सेवई वितरण गरेको छ ।

विविधतामा एकता नेपाली संस्कृतिको विशेषता भन्ने मूल उद्धेश्यसहित बिर्तामोडको मुक्ति चोकपूर्व खुल्ला स्थानमा मुस्लिम समुदायले सबै पैदलयात्रीहरुलाई बोलाएर सेवई खुवाएको थियो । सोही अवसरमा एक अर्काप्रति शुभकामना आदान प्रदान गर्दै खुशी साटासाट गरेका थिए । गत फागुन २९ गतेबाट शुरु भएको मुस्लिम समुदायको रमजान चैत २८ गते सम्पन्न भएको हो ।
नयाँ वर्ष २०८१ को अवसरमा शुभकामनासमेत आदान प्रदान गरिएको कार्यक्रममा सबै समुदायसंग धार्मिक तथा सामाजिक सद्भाव स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मदरसा तालिमुन कुरानका अध्यक्ष अफ्रोज खानले बताए ।
कार्यक्रम संयाोजक मुतुज अलीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपाालिका प्रमुख पवित्रादेवी महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाई, झापा अध्यक्ष उमेश खरेल, बिर्तामोड साना सहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला , बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलालगायतको उपस्थिति रहेको थियो ।

एक महिनासम्म कठोर ब्रतपछि मुस्लिम समुदायले रमजान मनाउने गरेका छन् । उनीहरुले ब्रत अवधिभर दिनमा १५ घण्टा कठोर तपस्या गरेर प्रार्थना गर्ने गरेको बताइएको छ ।

बिर्तामोडमा ५ हजार मुस्लिम समुदाय रहेको जसमध्ये ३ हजार ५ सयदेखि चार हजारसम्म मतदाता रहेको अफ्रोजले बताए । उनका अनुसार बिर्तामोड नगरभित्र ४ वटा मस्जिद र एउटा इदगाह रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्