झापा,बैशाख २ । इलाममा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । प्रहरी चौकी दानावारिबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो साढे ३ बजेको समयमा माई नगरपालिका– १ मा लागुऔषधको कारोबार भइरहेको प्राप्त सूचनाको आधारमा स्थानीय २५ वर्षीय रोमन श्रेष्ठ र २२ वर्षीय विकल कार्कीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा ३९० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्