झापा,बैशाख ३ । सुनसरीको बराहक्षेत्रमा लागेको महाकुम्भ मेलामा चारजना भक्तालु बेहोस भएर ढलेका छन् ।

बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्यधिक गर्मीका कारण बेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी अस्पताल पठाएको छ । सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालको टोलीले उद्दार गरी महाकुम्भ स्थलमा रहेको एपीएफ स्वास्थ्य शिबिरमा प्राथमिक उपचार गराएको जनाइएको छ ।

गत चैत २७ बाट शुरु भई बैशाख २८ गतेसम्म १ महिनासम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क स्वास्थ्य शिबिरसहित बिपद उद्धार टिम परिचालन गरेको छ । सशस्त्रको चिकित्सकसहितको हेल्थ क्याम्प महिनाभरिको लागि चतरामा खटिएको हो ।

त्यस्तै सशस्त्र प्रहरीले गोताखोरसहितको रेस्क्यु टिम चतरा र बराहक्षेत्रमा खटाएको छ ।र्याफ्टिङ वोटबाट सप्तकोशीमा रिभर पट्रोल गरिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्