झापा, बैशाख ४ । मकवानपुरमा डेंगु सङ्क्रमितको संख्या ८०८ पुगेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा २०८० साउन एक गतेदेखि २०८१ बैशाख ३ गतेसम्म पुरुष चार सय १३ र महिला तीन सय ९५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जिल्लामा डेंगु सङ्क्रमित देखिन थालेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २६६ पुरुष र २७२ महिलागरी ५३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा सबैभन्दा कम एकजना पुरुषमा डेंगु सङ्क्रमण भएको छ ।

त्यस्तै, थाहा नगरपालिकाका पुरुष ३ जना, मकवानपुरगढी गाउँपालिकाका पुरुष १२ र महिला ८ गरी २० जना, बागमती गाउँपालिकाकामा ५ पुरुष र १९ महिलागरी २४ जना, मनहरी गाउँपालिकाकामा पुरुष ४२ जना र ३० जना महिलागरी ७२ जना, इन्द्रसरोवर गाउँपालिकाकामा पुरुष २ जना र महिला २ जनागरी ४ जना, भीमफेदी गाउँपालिकाकामा पुरुष २३ जना र १४ जना महिलागरी ३७ जना, बकैया गाउँपालिकामा पुरुष १२ जना र १३ जना महिलागरी २५ जना र राक्सिराङ गाउँपालिकामा २ जना पुरुषमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा पुरुष २० जना र महिला २० जना गरी ४० जना र अन्य जिल्लाका पुरुष ९ जना र महिला ३ जना महिलागरी १२ जना र ठेगाना नखुलेका १६ पुरुष र १४ महिला सहित ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्