झापा, बैशाख ९ । झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–७ स्थित कनकाई सिंचाई आयोजनाको नहरमा डुबेर स्थानीय राजवीर ऋषिदेवकी १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भएको हो ।

शनिबार दिउँसो ३ बजेको समयमा नहरमा नुहाउन गएकी बालिका अपराह्न ४ बजे नहरमा डुबेको अवस्थामा मृत फेला परेकी थिइन् । स्थानीयले घटनाबारे जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली घटनास्थल पुगेका थिए ।

कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्