झापा, बैशाख ९ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

हिजो राति साढे ७ बजेको समयमा स्थानीय कालुबहादुर लिम्बूका ८ बर्षीय छोरा सुदिप लिम्बूलाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका बालकलाई उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्