झापा, बैशाख ९ । झापाको बिर्तामोडबाट यात्रु लिएर इलामको माबुतर्फ जाँदै गरेको बोलेरो दुर्घटना भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरु सबै झापाका रहेका छन् । आज दिउँसो ३.२० बजेको समयमा इलाम सन्दकपुर गाउँपालिका ४ माबुमा इलामबाट माबुतर्फ जाँदै गरेको मे १ ज ३२५५ नम्बरको बोलेरो गाडी उकालोमा ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा परी निम्न व्यक्तिहरु घाइते भएका छन् ।
१) झापा बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी वर्ष ७२ का मिनबहादुर गुरुङको टाउकोमा चोट,अवस्था सामान्य
२) झापा शिवसतासी नगरपालिका ६ बस्ने अन्दाजी वर्ष ६५ की बिष्णुमाया गुरुङको दाहिने कुममा चोट, अवस्था सामान्य
३) बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ५९ का ओमकुमार गुरुङको दाहिने कुममा चोट,अवस्था सामान्य
४) बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ६० का तुलाराम गुरुङको ढाडमा चोट, अवस्था सामान्य
५) बिर्तामोड नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ६२ की हर्कमाया गुरुङको टाउकोमा चोट ,अवस्था सामान्य
६) बिर्तामोड नगरपालिका १० बस्ने अन्दाजी बर्ष ४० की ज्ञानमाया गुरुङको ढाडमा चोट ,अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए ।

घाइतेहरुलाई बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएको छ । बोलेरोमा १० जना सवार रहेका थिए । घटनास्थलमा रहेको गाडी उठाउने पहल भइरहेको र चालक इलाम माईजोगमाई गाउँपालिका ६ बस्ने ३२ वर्षीय प्रेमबहादुर थापा घाईतेहरुको उपचारमा संलग्न रहेको डीएसपी जवेगुले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्