बिर्तामोड , बैशाख १० । नेपाल शिक्षक संघ बिर्तामोडको आयोजनामा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ बिर्तामोडका अध्यक्ष जयकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना आदानप्रदानसंगै प्राथमिक तहमा स्थायी नियुक्ति भई बिर्तामोडमा पदस्थापना हुने शिक्षकलाई स्वागत र शिक्षा शाखा बिर्तामोडमा आठौं तहमा कार्यरत दिनेशप्रसाद आचार्यलाई बिदाइ गरिएको थियो । सोही अवसरमा शिक्षक संघका विविध गतिविधि समेटिएको जानकारीमुलक भित्तेपात्रो विमोचनसमेत गरिएको थियो ।

नेपाल शिक्षक संघ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल,नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल,नेपाल शिक्षक संघ कोशी प्रदेश सदस्य भरत भट्टराई ,नेपाली कांग्रेस बिर्तामोडका उपसभापति तथा वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा,शिक्षा शाखा बिर्तामोडका प्रमुख तिलचन भण्डारी ,महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल,महेन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जयकुमार झा,नेपाल शिक्षक संघ झापाका उपाध्यक्ष धनकुमारी खरेल,जिल्ला सहसचिव रिता निरौला,नेपाल शिक्षक महासंघ बिर्तामोड अध्यक्ष युवराज कट्टेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि संघका कोशी प्रदेश अध्यक्ष चौलागाईं,बिर्तामोडका शिक्षा शाखा प्रमुख भण्डारी, बिर्तामोड ६ का वडाध्यक्ष कन्दङ्वा ,शिक्षक महासंघ झापाका अध्यक्ष खरेल , बिर्तामोड अध्यक्ष कट्टेल, नेपाल शिक्षक संघ झापाका अध्यक्ष दाहाल, महेन्द्र रत्न माविका प्रधानाध्यापक खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।सोही अवसरमा शिक्षकमैत्री साकोसका ४१ जनालाई शेयर प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्