बिर्तामोड ,बैशाख १० । बिर्तामोडस्थित मनकामना कलेजले चौथो वर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच विदाई गरेको छ ।


क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन ,मानविकी तथा शिक्षा संकायका चौथो वर्षको अध्ययन सकेर परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई विदाई गरिएको हो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं , प्राध्यापक उदय कटुवालले शुभकामना मन्तव्य राखेका थिए भने विद्यार्थीका तर्फबाट प्रियंका उप्रेती ,दिपक ढुङ्गाना ,आयुशा दाहाल र वीरु दर्नालले आफ्नो चार वर्षे अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विदाई हुने विद्यार्थीलाई अबिर लगाएर मायाको चिनो प्रदान गरिएको थियो ।
विदाई हुने र गर्ने विद्यार्थीले विभिन्न प्रस्तुति समेत राखेको कार्यक्रममा स्वागत क्याम्पसका शैक्षिक संयोजक कुमार थपलियाले गरेका थिए भने कार्यक्रम संचालन प्राध्यापक विजय तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्