झापा,बैशाख १० । किशोर विश्वकर्माको शब्द रचना रहेको गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक गरिएको छ । ‘सङ्गीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आरसी रिमालको स्वर र करणराज कार्कीको सङ्गीत रहेको छ । विषम आचार्यले सङ्गीत संयोजन गरेका छन् ।

यसैबिच गायक कृष्ण विकले ‘निरमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा गायिका स्मिता दाहालसँग गायक विकले गाएका छन् । प्रेमिल भावको गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ ।

भिडियोमा अभिनेतृ प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन् । गीतको भिडियोलाई जिबी आग्रीले निर्देशन र कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्