झापा, बैशाख ११ । भारतमा जारी १८ औँ लोकसभा निर्वाचनका कारण नेपाल भारतबीचको पूर्वी सीमानाका आज साँझदेखि बैशाख १५ गतेसम्म बन्द गरिएको छ ।

बैशाख १४ गते भारतमा १८ औँ लोकसभा निर्वाचन हुने भएकाले निर्वाचन अवधिभर नेपाल भारत सीमानाका सिल गरिएको भन्ने पत्र भारतको दार्जिलिङ जिल्लाबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित नेपाल भारत सीमानाका आज साँझ ६ बजेदेखि बैशाख १५ गतेसम्मको लागि बन्द गरिएको डीएसपी कृष्णकुमार चन्दले बताए ।

नेपालको पूर्वी सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा दोस्रो चरणमा एकैदिन मतदान हुँदैछ। जसका कारण इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुरलगायतका नाका बन्द भएको हो । झापाले भारतको दुई वटै राज्यलाई छोएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्