झापा , बैशाख १२ । प्रतिबन्धित लागूऔषधसहित कारोबारीहरु धमाधम पक्राउ पर्ने क्रममा दुईजना भारतीय ठूलो परिमाणमा ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा बाउनसुगरसहित पक्राउ गरेको हो ।
आज दिउँसो १ः५० बजेको समयमा झापा गाउँपालिका १ सितुमारी कार्कीचौक ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बि.जी.पी टाघनडुब्बा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको ४ जनाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भारत किसनगंज सिंहिमारी ग्रामपंचायत ८ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र सोही ठाउँ बस्ने कदुभिट्टा ग्रामपंचायत २ बस्ने २६ वर्षीय मस्ताहक आलमले डयूटी टोलीलाई देखेर बाटोनजिकै रहेको काँसघारीमा लुकाउँदै गरेको अवस्थामा १००.७० ग्राम बाउनसुगर फेला परेको थियो ।

ब्राउनसुगरसहित दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्